हाम्रो बारेमा

Home / About Us
स्वागत छ

पुर्कोट कालिका बहुमुखी क्याम्पसमा तपाईंलाई हार्दिक स्वागत छ।

पुर्कोट कालिका बहुमुखी क्याम्पसको स्थापना विक्रम संवत २०६९ (सन् २०१३) मा समुदायको पहलमा गरिएको हो। यो क्याम्पस तनहुँ जिल्लाको पुर्कोट, रानीपानी क्षेत्रमा अवस्थित छ।
यस क्याम्पसले त्रिभुवन विश्वविद्यालय (TU) सँग सम्बन्धन प्राप्त गरी उच्च शिक्षा प्रदान गर्दै आएको छ। यहाँ शिक्षाशास्त्र (B.Ed.) र व्यवसाय अध्ययन (BBS) मा चारवर्षे स्नातक तहका कार्यक्रमहरू संचालनमा छन्।
सस्तो, गुणस्तरीय र पहुँचयोग्य शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको यो क्याम्पसले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको छ।
हामी सबैको साझा प्रयासले निर्माण भएको यो संस्था आज शिक्षाको उज्यालो उजागर गर्ने केन्द्र बन्दै गएको छ।
शिक्षा, अनुशासन र नेतृत्वको लागि पुरकोट कालिका बहुमुखी क्याम्पस – तपाईंको सहयात्री।